काठमाडौं, २२ असोज । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ३१ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५७४ दशमलव ६५ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक ६ दशमलव ३८ अङ्कले घटेर २,५७२ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचकमा सामान्य वृद्धि देखिएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ४३ हजार ८१२ पटक किनबेच भएको छ ।
बिहीबार ३५४ धितोपत्र कारोबारमा आए, जसमध्ये १४० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १२७ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक बढेको छ । यस दिन उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ०.७३ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूहको ०.४३, बैंकिङको ०.१९, हाइड्रोपावरको ०.१८, निर्जीवन बीमाको ०.१७, लगानी समूहको ०.१५, म्युचुअल फण्डको ०.०९ र विकास बैंकको ०.०६ प्रतिशतले उपसूचक बढेको छ ।
अन्य समूहको ०.४४ तथा होटल एण्ड टुरिजम समूहको उपसूक ०.३९ प्रतिशतले घटेको छ ।
बिहीबार कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्नो रिभर्सको ६.४० तथा चिख्र्वा हाइड्रोपावरको ५.१५ प्रतिशतले शेयर मूल्य बढेको छ । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ३.३६ प्रतिशतले घटेको छ ।