बुधबार घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

अनलाइनसमय |
२१ असोज २०८३
बुधबार घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

काठमाडौं, २१ असोज । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ बिन्दुमा पुगेको हो ।

यसदिन १ करोड ३ लाख ६८८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७४ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका ३५९ कम्पनीमध्ये १६७ वटाको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ३८ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस