सुनको मूल्यमा सामान्य वृद्धि, घट्यो चाँदी

अनलाइनसमय |
२२ असोज २०८३
सुनको मूल्यमा सामान्य वृद्धि, घट्यो चाँदी

काठमाडौं, २२ असोज । बिहीबार नेपाली बजारमा सुनको मूल्य समान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस