उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो, के छ एजेण्डा ?

अनलाइनसमय |
३ वैशाख २०८२
उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो, के छ एजेण्डा ?

काठमाडौं, ३ वैशाख । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस