त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु

अनलाइनसमय |
२ वैशाख २०८२
त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु

काठमाडौं, २ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ ।
आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको जोशीले बताए ।

तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । साथै आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।

त्रवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रदान गर्ने सेवाका लागि सेवाग्राहीले कार्यालयमै धाउनुपर्ने अवस्था कम गर्न गत वर्ष नै अनलाइन सेवा ल्याएकको थियो। ‘वेबसाइट ह्याक’ भएपछि सेवा अवरुद्ध थियो ।

अब अनलाइन सेवा सुरु भएसँगै परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।

अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस