काठमाडौं, २ वैशाख । केही दिन लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रपैयाँले घटेको छ । आइतबार १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।