काठमाडौं, २५ भदौ । बिहीबार नेपाली बजारमासुनको मूल्य बढेको छ । नेपाल अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।