Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी सहिद परिवारको पीडा र आत्मीयता स्मरण गर्दै अक्षय गोल्याणले भने- यो यात्रा सँगसँगै अघि बढ्छ

अनलाइनसमय |
२४ भदौ २०८३
जेनजी सहिद परिवारको पीडा र आत्मीयता स्मरण गर्दै अक्षय गोल्याणले भने- यो यात्रा सँगसँगै अघि बढ्छ

काठमाडौं, २४ भदौ । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारको पीडा र उनीहरूप्रतिको आत्मीयता स्मरण गर्दै सहिदका सपना र परिवारको जिम्मेवारी बहन गर्ने यात्रा सँगसँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा आयोजित सम्मान कार्यक्रम र सहिद परिवारसँगको भेटघाटपछि सामाजिक सञ्जाल लिङ्क्डइनमा एक भावुक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ जेनजी सहिद स्मृति दिवसलाई स्मरण गर्दै गोल्याणले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो। तर आँशुका बीच पनि त्यहाँ एउटा छुट्टै आत्मीयता र न्यानोपन थियो ।’

औपचारिक कार्यक्रमपछि सहिद परिवारका सदस्यहरूसँग भएको छलफल र भेटघाटले आफूलाई सोचमग्न बनाएको उल्लेख गर्दै उनले विगत एक वर्षको अवधिमा भएको निरन्तरको कुराकानी, भेटघाट र बालबालिकाहरू अध्ययन गर्ने विद्यालय भ्रमणका कारण आफूहरू एउटै परिवारजस्तै भइसकेको बताएका छन् । ‘सहिदका छोराछोरीहरू हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाउँदैछौं ।’

सामाजिक उत्तरदायित्वअन्तर्गत अक्षय नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत सहिद परिवारलाई प्रत्यक्ष सहयोग गर्दै आएको छ । फाउण्डेशनले घोषणा गरेको एक वर्षभित्रै आफ्ना सबै प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ ।

हाल फाउण्डेशनले २२ सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि मासिक जनही ४० हजार रुपैयाँ (वार्षिक ४ लाख ८० हजार) का दरले शैक्षिकवृत्ति प्रदान गरिरहेको छ । यस्तै, छात्रवृत्तिमा नसमेटिएका २२ सहिदका ४३ जना बुवाआमालाई वार्षिक १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधामा आवद्ध गराइएको छ । बीमा सुरु भएकै पहिलो वर्षमा करिब ८ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भइसकेको फाउण्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun