Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चीनको चौथो चरणको राहत सामग्री काठमाडौं आइपुग्यो

अनलाइनसमय |
२३ भदौ २०८३
चीनको चौथो चरणको राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, २३ भदौ । नेपालका बाढी प्रभावितका लागि चीनले चौथो पटक आपत्कालीन राहत सामग्री पठाएको छ ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको विमानमार्फत राहत सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।

चीनबाट ल्याइएको यस चरणको राहत सामग्रीमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, बाढीको पानी तान्ने पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिज र सौर्य ऊर्जाबाट चल्ने बत्ती रहेका छन् ।

नेपालमा विपद्का बेला तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकता दिएर यी उपकरण पठाइएको जनाइएको छ । यस्ता सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा आपत्कालीन कामलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि पनि नेपाललाई विपद् व्यवस्थापन तथा राहतका लागि विभिन्न सामग्री सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun