भोटेकोशी बाढीप्रति दुःख व्यक्त गर्दै पाकिस्तानी राजदूतद्वारा शोक पुस्तिकामा हस्ताक्षर

अनलाइनसमय |
१८ भदौ २०८३
भोटेकोशी बाढीप्रति दुःख व्यक्त गर्दै पाकिस्तानी राजदूतद्वारा शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौं, १८ भदौ । नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राजदूत खानले आज परराष्ट्र मन्त्रालयमा रहेको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

सो अवसरमा यस दुःख र शोकको घडीमा पाकिस्तान नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको राजदूत खानले उल्लेख गरे । उनले प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपालसँग पाकिस्तानको ऐक्यबद्धता रहेको बताए ।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै सडक, पुललगायतका भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस