काठमाडौं, १४ भदौ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।