बिहीबार पनि घट्यो नेप्से, ३ अर्ब ७८ करोडको कारोबार

अनलाइनसमय |
११ भदौ २०८३
बिहीबार पनि घट्यो नेप्से, ३ अर्ब ७८ करोडको कारोबार

काठमाडौं, ११ भदौ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ०४ अंकले घटेर दुई हजार ५५७ दशमलव ३१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख २६ हजार ३६८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४६ धितोपत्रको शेयर मूल्य बढ्दा ११८ को घटेको छ । यस्तै १५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४८ धितोपत्र कारोबारमा आएका छन् ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि घोराही सिमेन्ट इन्ड्रस्ट्रीज ८ दशमलव १९, भगवती हाइड्रोपावर डेभलवमेन्ट ४ दशमलव ७२ र पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीजको शेयर मूल्य ४ दशमलव ५३ प्रतिशतले बढेको छ ।

यसदिन अपर हेवाखोला हाइड्रोपावर ९ दशमलव ४५, त्रिशुली जलविद्युत् ९ दशमलव २३, हिमालयन एभरेष्ट इन्सुरेन्स ८ दशमलव ६८, रसुवागढी हाइड्रोपावर ८ दशमलव ३८ र इमर्जिङ नेपालकोको शेयर मूल्य ८ दशमलव ३८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस