रसुवा बाढी : हेलिकोप्टरमार्फत् १२ जनाको उद्धार

अनलाइनसमय |
१० भदौ २०८३
रसुवा बाढी : हेलिकोप्टरमार्फत् १२ जनाको उद्धार

काठमाडौं, १० भदौ । रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ ।

नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी जम्मा १२ वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

यसैगरी, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ ।

रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस