आज पनि बढ्यो सुचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
५ भदौ २०८३
आज पनि बढ्यो सुचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ भदौ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस