काठमाडौं, ४ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा २६० रुपैयाँले बढेको छ । बुधबार ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।