काठमाडौं, ३ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव २६ अंकले घटेर दुई हजार ६२२ दशमलव २२ बिन्दुमा कायम भएको हो ।
आज ९५ लाख ८ हजार ८८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ११० धितोपत्रको शेयर मूल्य बढ्दा १५० को घटेको छ । यस्तै १८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार व्यापार शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४, अन्य शून्य दशमलव १२, हाइड्रोपावर शून्य दशमलव ०९ र बैंकिङ मूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।
यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ३८, माइक्रोफाइनान्स शून्य दशमलव ३३, जीवन बीमा शून्य दशमलव ३१, लगानी शून्य दशमलव २८, फाइनान्स शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०४ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीज र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि आरबीबी म्युचुअल फण्ड ३ दशमलव ०९ र भगवती हाइड्रोपावर डेभलवमेन्टको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।
यसदिन मनकामना इन्जीनियरिङ हाइड्रोपावर ८ दशमलव ४५, हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटर ५ दशमलव ७४, सनराइज ब्लुचिप फण्ड ३ दशमलव ७, रिज लाइन इनर्जी ३ दशमलव ३८ र ग्रिन डेभलवमेन्ट बैंकको शेयर मूल्य ३ दशमलव ०७ प्रतिशतले घटेको छ ।