काठमाडौं, ३ भदौ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १६० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।