मंगलबार पनि घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
२ भदौ २०८३
मंगलबार पनि घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २ भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ३४ अंकले बढेर दुई हजार ६२२ दशमलव ४८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५६ धितोपत्रको शेयर मूल्य बढ्दा २१८ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४७ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार व्यापार शून्य दशमलव ४१ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १ दशमलव ४ प्रतिशतले घटेको छ ।

यसदिन अन्य शून्य दशमलव ९७, हाइड्रोपावर शून्य दशमलव ९२, होटेल तथा पर्यटन शून्य दशमलव ८४, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ७६, बैंकिङ र विकास बैंकको समान शून्य दशमलव ५९, निर्जीवन बीमा शून्य दशमलव ५७, फाइनान्स शून्य दशमलव ४१, माइक्रोफाइनान्स शून्य दशमलव ३९ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ७ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम पेन्ट्स इन्ड्रस्ट्रीज र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि मनकामना इन्जीनियरिङ हाइड्रोपावर ४ दशमलव ७८, माथिल्लो मेलुङ खोला जल विद्युत् ३ दशमलव ६४ र एचएलआई लार्ज कप फण्डको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले बढेको छ ।

यसदिन सगरमाथा जलविद्युत् १० दशमलव ६२, खानीखोला हाइड्रोपावर ९ दशमलव ४, सिदार्थ इक्वीटि फण्ड (२) ७ दशमलव १४, सप्तकोशी डेभलवमेन्ट बैंक ६ दशमलव ६५ र लक्ष्मी उन्नती कोषको शेयर मूल्य ५ दशमलव ७५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस