बिहीबार बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

अनलाइनसमय |
२८ साउन २०८३
बिहीबार बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

काठमाडौं, २८ साउन । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ८ दशमलव ८१ अंक बढेर २ हजार ६५१ दशमलव २१ अंकमा कायम भएको हो ।

यसदिन १ करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर किनबेँच हुँदा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ को घटेको छ, त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस