काठमाडौं, २८ साउन । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।
सशस्त्र प्रहरी बल लामोसाँघुका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो ।
उक्त पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहावलाई करिब आधाजति रोकेको जनाइएको छ । जसका कारण जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गरे ।
विशेषगरी भोटेकोशी, बाह्रबीसे, बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरिएको छ ।