[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

चीनको पहिरोले भोटेकोशी नदी थुनियो, सतर्क रहन आग्रह

अनलाइनसमय |
२८ साउन २०८३
चीनको पहिरोले भोटेकोशी नदी थुनियो, सतर्क रहन आग्रह

काठमाडौं, २८ साउन । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।

सशस्त्र प्रहरी बल लामोसाँघुका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो ।

उक्त पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहावलाई करिब आधाजति रोकेको जनाइएको छ । जसका कारण जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गरे ।

विशेषगरी भोटेकोशी, बाह्रबीसे, बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरिएको छ ।

 

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस