नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच सम्झौता

अनलाइनसमय |
२० साउन २०८३
नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच सम्झौता

काठमाडौं, २० साउन । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँबजारमा अवस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइनेछ ।

सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखी २० प्रतिशत सम्म छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक श्री रोशन लुईटेलले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस