मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

अनलाइनसमय |
२२ जेठ २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार एक सूचना जारी गर्दै नीतिलाई व्यावहारिक र प्रभावकारी बनाउन विज्ञ, संघ संस्था र आम सर्वसाधारणसँग सुझाव मागेको हो ।

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअघि सार्वजनिक रूपमा सुझाव संकलन गर्दछ । प्राप्त भएका रचनात्मक सुझावहरूलाई नीति तर्जुमाका क्रममा आवश्यकताअनुसार समावेश गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार इच्छुक व्यक्ति, उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरूले आगामी २०८३ असार ५ गतेभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन सक्नेछन् ।

सुझावहरू राष्ट्र बैंकको बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष रूपमा वा इमेल ठेगाना monetarypolicy@nrb.org.np मार्फत पठाउन सकिने विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस