चालू आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत, अर्थतन्त्र ६६ खर्ब पुग्ने

अनलाइनसमय |
१५ वैशाख २०८३
चालू आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत, अर्थतन्त्र ६६ खर्ब पुग्ने

काठमाडौं, १५ वैशाख । चालू आर्थिक वर्ष (आव)मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र विस्तार भएर ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान गरिएको छ । आव २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको कार्यालयले जनाएको छ ।

‘आव २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ,’ कार्यालयले सार्वजनिक गरेको विवरणमा भनेको छ ।

आव २०८१/८२ मा आर्थिक वृद्धिदर ३.८० प्रतिशत हुने संशोधित अनुमान गरिएको र आव २०८०/८१ मा ३.३८ प्रतिशत कायम भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी,उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आव २०८१/८२ मा ४.४३ प्रतिशत हुने कार्यालयको संशोधित अनुमान छ । आव २०८०/८१ मा ३.६८ प्रतिशत कायम भएको कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस