सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गरिने

अनलाइनसमय |
१४ वैशाख २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गरिने

काठमाडौं, १४ वैशाख । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने पनि जानकारी दिए ।

यस्तै, बैठकले भन्सार नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस