अब वार्षिक २० करोडमाथि कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिबार्य

अनलाइनसमय |
६ वैशाख २०८३
अब वार्षिक २० करोडमाथि कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिबार्य

काठमाडौं, ६ वैशाख । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि यस्तो व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक र वित्तीय संस्था जस्ता निकायहरूबाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ ।

सो बीजक जारी गर्दाकै बखत विभागको केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गर्ने विभागको गएको चैत्र २७ गतेको निर्णय हो । उक्त निर्णय कार्यान्वयन गर्न/गराउन सम्बन्धित सरोकारवाला करदाता तथा कार्यालयहरूलाई विभागले निर्देशन जारी गरेको हो ।

विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनीहरू अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली ९सीबीएमएस० मा आबद्ध हुनुपर्नेछ । यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस