casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बीमा प्राधिकरणको आरबीसी कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तरक्रिया

अनलाइनसमय |
३ असार २०८२
बीमा प्राधिकरणको आरबीसी कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तरक्रिया

काठमाडौं, ३ असार । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूका आरबीसी सम्बन्धी प्रतिवेदनहरू त्रैमासिक रूपमा विश्लेषण गर्ने प्रक्रिया प्राधिकरणले शुरू गर्ने जानकारी दिए ।

अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरूको वित्तीय विवरण पुस मसान्तभित्र स्वीकृत हुनुपर्छ भन्ने बीमा ऐनको बाध्यकारी व्यवस्था हो, ऐन बमोजिम पुस मसान्तभित्र वित्तीय विवरण स्वीकृत गराउने प्राधिकरणको प्रयास हो, यो प्रयासमा सहजीकरण गर्न प्राधिकरणको टिम तयार छ, बीमा कम्पनीहरूले पनि समयमैं वित्तीय विवरण स्वीकृत हुने गरी कार्य अगाडि बढाउनुपर्छ, समयमै विवरण बुझाउँदा बीमकलाई नै राम्रो हुन्छ ।’

बीमा कम्पनीहरूले उचित प्रतिफल सुनिश्चित हुने गरी ठीक किसिमले लगानीको प्रस्ताव गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्छ तर ठीक ठाउँमा, कम्पनीहरूबाट प्रतिफल सुनिश्चित हुने गरी वास्तविक क्षेत्रमा ठीक तरिकाले लगानीको प्रस्ताव आउनुपर्छ, लगानीको प्रस्ताव गर्नुअघि कम्पनीका लगानी समितिले पर्याप्त अध्ययन विश्लेषण गर्नुपर्छ, जनताको पैसा सुरक्षित हुनुपर्छ ।’

हाम्रो देश जस्ता देशहरूको अभ्यासलाई हेरेर क्यापिटल चार्जको व्यवस्था गरिएको र यो बढी भएमा समयानुकूल सुधार गर्न प्राधिकरण तयार रहेको जानकारी दिदै अध्यक्ष ओझाले बीमा उद्योगले सरकारले जारी गर्ने ऋणपत्रमा लगानी गर्न प्रयास शुरू गर्नुपर्ने र त्यसका लागि छुट्टै संयन्त्रक आवश्यक पर्ने बताए ।

अध्यक्ष ओझाले प्राधिकरणले सबै निर्देशिकाहरूलाई एकीकृत गरी परिमार्जन गर्न लागिरहेको उल्लेख गर्दै त्यसमा बीमकहरूबाट सुझावहरूको अपेक्षा गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन हाल संक्रमणको अवधिमा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरण गर्ने साझा उद्देश्य प्राप्तिमा दृढताका अगाडि बढ्न बीमा कम्पनीहरूसँग आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले सबैजसो बीमकले आरबीसीको टार्गेट पूरा गरेको बताए ।

नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल तथा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी भएको बताउँदै आगामी दिनमा यसलाई अझ परिस्कृत गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनका प्रगति, विद्यमान चुनौती र आगामी मार्ग सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आरबीसी फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun