casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँग बीमा सम्बन्धी अन्तरक्रिया

अनलाइनसमय |
१९ वैशाख २०८२
विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँग बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं, १९ वैशाख । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएका कार्य र विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यका बारेमा जानकारी दिने र आगामी दिनमा साझेदारी तथा सहकार्यका सम्भावित क्षेत्र, जनशक्ति विकास, दुर्गम एवम् ग्रामीण क्षेत्रमा बीमाको दायरमा विस्तार र बीमा उद्योगमा डिजिटलाइजेशन कार्यान्वयन लगायतका क्षेत्रमा विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारी र सहकार्यलाई समन्वयात्मक रूपमा अझ बढी प्रभावकारी रूपले अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तार गर्दै आम नागरिकलाई लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य एवम् साझेदारी महत्वपूर्ण रहेको बताए ।

कार्यकारी निर्देशक सुवेदीले नेपालको बृहत्तर हितका लागि सहयोग गर्ने विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूको उद्देश्य रहेको हुँदा सोही अनुसार दुर्गम एवम् ग्रामीण क्षेत्रका नागरिक लगायत सबैले लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउनका लागि यस सम्बन्धी विज्ञता, ज्ञान र अनुभव आदान–प्रदान गर्ने कार्यमा सम्बद्ध सबैबाट नियमितरूपमा सहयोग एवम् सहकार्यको अपेक्षा गरिएको बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा क्षेत्रमा सीमित साधन स्रोतबाट अतिकतम् उपलब्धी हासिल गर्न, काममा दोहोरोपना आउन नदिन, लक्षित समुदायसम्म बीमाको पहुँच पु¥याउन र बीमा क्षेत्रमा देखिएका नयाँ जोखिमहरूको वित्तीय रक्षावरण हुने गरी नविन मोडल विकास गर्न आपसी समन्वय, साझेदारी र सहकार्यका अगाडि बढनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपालका विकासका साझेदार निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपालमा जोखिममा आधारित पूँजी, जोखिममा आधारित नियमन र जोखिममा आधारित बीमादरका सम्बन्धमा नेपाल बीमा प्राधिकरणले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताए ।

उनीहरुले बीमा क्षेत्रको विकासलाई अपेक्षित रूपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रमा डिजिटलाइजेशन कार्यान्वयन, बीमा सम्बन्धी ज्ञान र अनुभव आदान–प्रदान गर्नका लागि संस्थागत व्यवस्था, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति तथा वन्यजन्तुबाट हुने हानी नोक्सानीको वित्तीय रक्षावरण हुने गरी बीमालेखहरूको विकास, भौगोलिक अवस्था र न्यून आय भएका बर्गको आर्थिक अवस्थालाई ध्यानमा राखी बीमालेख र लघुबीमालेखहरू निर्माण, बीमा दाबी भुक्तानीलाई सरल एवम् सहज बनाएर बीमाप्रतिको विश्वास अभिवृद्धि, बीमा सम्बन्धी एकीकृत तथ्याङ्क प्राप्त हुने व्यवस्था र बीमा सम्बन्धी ज्ञान एवम् अनुभव आदान–प्रदान गर्न छुट्टै प्लेटफर्म स्थापना लगायतका कार्य गरेर नेपालको बीमा क्षेत्रमा थप विकास गर्न सकिने धारणा राखेका थिए ।

साथै, उनीहरुले बीमा क्षेत्रमा डिजिटलाइजेशन, भौगोलिक अवस्था र नागरिकको आर्थिक अवस्थाका आधारमा बीमा र लघुबीमाका नयाँ बीमालेखको विकास, जनशक्तिका लागि तालिम, बीमा सचेतना अभिवृद्धि र बीमा सम्बन्धी अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा प्राधिकरणसँग सहकार्य एवम् साझेदारी गर्न तयार रहेको बताए ।

कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम, जीआईजेड, डब्लुडब्लुएफ नेपाल, आईयुसिएन, स्टोन स्टेप र प्राक्टिकल एक्सन लगायतका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाका नेपालस्थित कार्यालयका प्रतिनिधिहरू, नेपाल जीवन बीमक संघ, नेपाल बीमक संघ र नेपाल लघुबीमक संघका अध्यक्षहरू र पुनर्बीमा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun