casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गाईपालन र खेतीबाट आत्मनिर्भर बनेकी सीता

अनलाइनसमय |
६ वैशाख २०८२
गाईपालन र खेतीबाट आत्मनिर्भर बनेकी सीता

कुल नारायण श्रेष्ठ,
काठमाडौं, ६ वैशाख । झिसमिसे बिहान । तराईको खुला आकाशमा हल्का कुहिरो छाएको छ । उनी बिहानै उठेर गोठतर्फ लाग्छिन् । गाईको आवाजले गोठको शान्ति भंग गर्छ । उनी हातले गाईहरूलाई सुम्सुम्याउँछिन्, आहारा दिन्छन् र दूध दुहुन थाल्छिन् । यसैबाट शुरू हुन्छ उनको दिनचर्या । उनी हुन् सीता श्रेष्ठ, जो गाईपालन र अन्नबालीबाट आफ्नो क्षेत्रमा सफल महिला उद्यमीको रूपमा परिचित छिन् ।

सीता विगतका ती कठिन दिनहरू सम्झन्छिन्, जतिबेला उनलाई चिया बनाउने दूध जुटाउन समेत मुस्किल पथ्र्यो । तर आज ती दिनहरु केवल स्मृतिमा सीमित बनेका छन् ।

सीताको जीवन यात्रा यति सहज र सरल थिएन । १६ वर्षको सानै उमेरमा बिहे गरेर परिवारको जिम्मेवारी सम्हालेकी उनी अरूको भन्दा निकै फरक जीवनमा बाच्न बाध्य थिइन् । श्रीमानको घरको आर्थिक अवस्था धेरै कम्जोर थियो । साँझ–बिहानको छाक टार्नै धौ–धौ हुन्थ्यो । वरपरका छरछिमेकले समेत ऋण पत्याउँदैनथ्यो । आफ्नो पर्याप्त जग्गा जमिन थिएन, भएकोमा पनि खेती उब्जनी कम हुन्थ्यो । दिनभरि काम गर्‍यो, ज्याला थोरै पाइन्थ्यो । कडा परिश्रम र संघर्षका बीच पनि गरिबीले झन् च्याप्दै गयो । तर उनले हिम्मत हारिनन् । मनमा एउटा बलियो इच्छाशक्ति राखेकी थिइन्, ‘केही गर्नुपर्छ, म र मेरो परिवारको भविष्यको लागि केही कदम चाल्नुपर्छ ।’ यही अठोटले उनी तराइ झर्ने निर्णय गरिन् ।

२०६३ साल जेठ महिनामा उनी र उनको श्रीमान्, छोरीसहित रामेछापको रजिछापबाट तराई झरे । उनीहरू बारा जिल्लाको सिमरा नजिकैको पैनटोल भन्ने ठाउँमा बसाइ सरे । नयाँ ठाउँ, नयाँ परिवेश, तर संघर्ष उस्तै ।

सीता कहिले मजदुरी गर्न जान्थिन्, कहिले भारी बोक्न टाढा–टाढासम्म पुग्थिन् । कहिले अर्काको खेतमा काम गर्थिन् । श्रीमानले दिनभरि गोरु जोतेर ५० रुपैयाँ कमाउँथे । जति नै पसिना बगाए पनि मेहेनेत अनुसारको मूल्य नपाउने सीताले बुझिसकेकी थिइन् । तर परिवारका लागि केही त गर्नुपर्ने थियो । दिनरात नभनी अर्काको काम गरेर जसोतसो परिवार चलाइरहेकी थिइन् । ‘अर्काको काम गर्न जाँदा कत्ति भनाइ सहनुपथ्यो,’ भावुक हुँदै उनले भनिन्, ‘न राम्रो काम पाइन्थ्यो न त कसैले ऋण दिन्थ्यो ।’ जिन्दगीमा एकपछि अर्को समस्या थपिँदै गए ।

केही समयदेखि गाउँका दिदीबहिनीहरू ‘तालिम छ’ भन्दै गएको सीताले याद गरेकी थिइन् । ‘तपाईंहरू यसरी कहाँ जानुहुन्छ ?’ भनेर सोध्दा जवाफमा छिमेक लघुवित्त संस्थाले महिलालाई विभिन्न तालिम र ऋण दिन्छ भन्ने थाहा पाइन् । मनमा एक नयाँ आशा पलायो । आफू पनि जान मिल्ने थाहा पाएपछि २०६४ सालमा छिमेकको सदस्य बनेर तालिममा सहभागी हुन थालिन् । यो अवसर उनको जीवनमा कोसेढुङ्गा सावित भयो ।

शुरूमा छिमेकबाट सीताले ५ हजार ऋण लिइन् । यस ऋणबाट बाख्रा किनिन् र व्यवसाय शुरू गरिन् । सधैं अर्काको काम गरिरहेकी उनका लागि यो ठूलो चुनौती थियो । तर उनी साहस र आँट गरेर अघि बढिन् । पहिलो कर्जा समयमै बुझाइन् । त्यसपछि दोस्रो कर्जा पाउने मौका पाउँदै उनले १५ हजार लिइन् । ‘छिमेकबाट सजिलै ऋण पाएँ, दोस्रोपटक लिएको ऋणबाट १२ हजारको गाई किने,’ उनले सम्झिइन्, ‘बिस्तारै अझ ठूलो रकममा ऋण लिँदै गाई थप्दै गए ।’ अब गाईपालन नै उनको आयको मूख्य स्रोत बन्यो ।

हिजोआज सीताको दैनिकी फेरिएको छ । पहिले जस्तो ज्याला, मजदुरी गर्न अर्काकोमा गइरहन पर्दैन । अहिले उनको फर्ममा १६ ओटा ठिमा जर्सी गाई रहेका छन् । जसमध्ये ७ वटा गाई दुहुनो छ । एउटै गाईले दिनमा १५ लिटरसम्म दूध दिने उनले सुनाइन् । दैनिक ५० लिटर दूध बेचेर महिनामा एक लाखसम्म कमाउँछिन्, उनी । सीता मात्र होइनन्, उनको श्रीमान् भूमिराज पनि गाईफर्मदेखि धेरै खुशी छन् । बिहान ६ बजे र दिउँसो ३ बजेतिर साइकलमा दुईपट्टि दूधको भाडो झुण्ड्याएर डेरी जाने उनको दैनिकी नै हो । दूध डेरी पनि घर नजिकै छ । बाँकी समयमा गाईको हेरचाहमा श्रीमतीलाई सघाउने गरेको उनले सुनाए । ‘शुरूमा ऋण माग्दा छिमेकको सरहरू घर हेर्न आउनुभयो, त्यतिबेला धेरै नराम्रो लाग्यो,’ उनले भने, ‘घरको आर्थिक अवस्था निकै कमजोर थियो ।’ कर्जाको सही सदुपयोग गरेकाले विश्वासमा छिमेकले कर्जा बढाउँदै दिएको उनले सुनाए । आफूहरूको जीवनयापन गर्ने आधार नै गाई रहेको उल्लेख गरे ।

गाईको गोबरको सदुपयोग गर्दै उनीहरूले जग्गा भाडामा लिएर मकै खेती शुरू गरे । मकै खेतीबाट राम्रो आम्दानी हुने गरेको श्रीमान् भूमिराजले सुनाए । ‘वर्षमा ३ बाली हुन्छ, अहिले मकै लगाएका छौँ,’ उनले भने, ‘खर्च कटाएर वर्षमा २ लाखसम्म नाफा हुन्छ ।’ उनीहरूले १३ कठ्ठा जग्गा भाडामा लिएका छन् । एक कठ्ठाको वार्षिक १५ सय बुझाउनुपर्छ । वार्षिक ८ देखि १० टन मकै विक्री हुन्छ । मकै किन्न मान्छे खेतमै आउने गरेको भूमिराजले बताए ।

पहिले जस्तो खान, लगाउन नै गाह्रो छैन । गाईपालन र खेतीबाट सन्तुष्ट छ, सीताको परिवार । आर्थिक रूपमा सबल र आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले आफ्नो छोरी र ज्वाइलाई माइतमै जग्गा किनेर किराना पसल खोलिदिएका छन् । छोरा कक्षा १२ सकाएर उच्च शिक्षाका लागि विदेश गएको छ । सीताको अवस्था देखेर पहिले छि–छि र दूर हुनेहरू अचेल नजिक हुन थालेका छन् । उनको गाईफर्म देखेर वरपरका छिमेकीहरू पनि गाई पाल्न थालेको छ । केही न केही उद्यमको शुरू गरेको छ । यसले समाजमा सशक्तीकरणका नयाँ लहर ल्याएको छ ।

छिमेक लघुवित्तको सिमरा शाखाले गर्ने हरेक इकाइ भेला र तालीममा सीता सहभागी हुन्छिन् । शाखाका सम्पूर्ण सदस्य हरेक महिनामा एक पटक अनिवार्य भेला हुने नियम छ । भेलामा आवश्यक कर्जाको माग गरिने भए पनि कर्जा लिने र बुझाउने काम अरू दिन शाखामै गएर गर्नुपर्छ ।

उनले अहिले छिमेक लघुवित्तबाट ७ लाखसम्म कर्जा लिएर गाईपालन र मकैखेती गरिरहेकी छन् । श्रीमान्को साथ, सहयोग र छिमेकबाट कर्जा लिएर गाईपालन गरेपछि जीवनको स्वरूप नै बदलिएको उनको अनुभव छ । ‘कुनै पनि काम आफूले आँटेर गरे, त्यसमा सफल र आत्मनिर्भर बन्न सकिन्छ,’ उनले भनिन् ।

आगामी दिनमा गोठलाई अझै व्यवस्थित गरेर गाईपालन निरन्तरता दिने सीता दम्पतीको योजना छ । व्यवसायबाट भएको नाफाले एउटा राम्रो घडेरी किनेर घर बनाउने रहर भएको उनले सुनाइन् ।

सीताको कथा केवल एक साधारण महिला उद्यमीको कथा मात्र होइन, यो एक संघर्ष र समृद्धिको कथा हो । सीताले देखाएको साहस, मेहनत र आत्मविश्वासले उनको जीवन मात्र परिवर्तन भएको छैन, समाजमा पनि ठूलो सकारात्मक प्रभाव पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun