casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आगामी आवको बजेट सार्वजनिक हुँदै, चालू आवकै पूँजीगत खर्च आधाभन्दा कम

अनलाइनसमय |
१५ जेठ २०८१
आगामी आवको बजेट सार्वजनिक हुँदै, चालू आवकै पूँजीगत खर्च आधाभन्दा कम

काठमाडौं १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्दै छ । तर, सरकारले चालू आर्थिक वर्षको लागि छुट्याइएको बजेट विनियोजनको आधा पनि खर्च गर्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बजेट आउने अघिल्लो दिनसम्म्म अर्थात् (चालू आर्थिक वर्ष २०८०–८१ को जेठ १४ गते) सम्ममा सरकारले पुँजीगत खर्च १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ गरेको छ, जुन सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याएको वार्षिक लक्ष्यको ४१.४१ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सरकारले यो वर्षका लागि छुट्याएको चालु खर्च पनि अपेक्षा अनुसार परिचालन गर्न सकेको छैन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो दिनसम्म सरकारले चालू खर्च ६८ दशमलव ६२ प्रतिशत मात्र गरेको छ जेठ १४ गतेसम्ममा सरकारले चालू खच ७ खर्ब ८५ अर्ब ८० करोड मात्र गरेको छ । चालू आवका लागि सरकारले चालू खर्चतर्फ कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरको थियो ।

सरकारले चालू आर्थिक वर्षका लागि वित्त व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख छुट्याएकोमा यो आर्थिक वर्ष सकिन ४५ दिन मात्र बाँकी हुँदा पनि २ खर्ब ५ अर्ब ५ करोड मात्र खर्च गरेको छ । अर्थात् यो रकम सरकारले यो वर्षका लागि वित्त व्यवस्थापनतर्फ लिएको वार्षिक लक्ष्यको ६६.७ प्रतिशत मात्र हो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हँुदै गर्दा सरकारले हालसम्म कुल ११ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गरेको छ, जुन सरकारले यो बर्षका लागि छट्याएको कुल विनियोजित बजेट खर्चको वार्षिक लक्ष्यको ६३.७२ प्रतिशत मात्रै हो । सरकारले यो वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट विनियोजन गरेको थियो ।

यो आर्थिक वर्ष सकिन ४५ दिन मात्र बाँकी छ । तर, यो आर्थिक वर्षको बजेट अझै ६ खर्ब ३५ अर्ब ३४ करोडभन्दा बढी खर्च गर्न बाँकी छ । उक्त रकम अब सरकारले ४५ दिनभित्रमा खर्च गरिसक्नुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun