साढे ६६ लाख नाघ्यो प्यान लिनेको सङ्ख्या, ७ महिनामा ४ लाख ३३ हजारले लिए

अनलाइनसमय |
७ चैत २०८१
साढे ६६ लाख नाघ्यो प्यान लिनेको सङ्ख्या, ७ महिनामा ४ लाख ३३ हजारले लिए
काठमाडौं, ७ चैत । चालू आर्थिक वर्ष (आव)को ७ महिनामा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या ४ लाख ३३ हजार नाघेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत माघ मसान्तसम्म यस्तो प्यान लिनेको सङ्ख्या ४ लाख ३३ हजार ७०३ रहेको छ । गत आवको यसै अवधिमा ४ लाख २६ हजार ३३० करदाताले लिएका थिए । यद्यपि शुरूदेखि हालसम्म प्यान लिने करदाताको सङ्ख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ ।
गत माघसम्ममा व्यक्तिगत प्यान लिनेको सङ्ख्या ३ लाख ६३ हजार ७०२ रहेको छ । गत आवमा यस्तो प्यान लिनेको सङ्ख्या ३ लाख ५२ हजार ३११ थियो ।
पछिल्लो एक वर्षको अवधिमा व्यावसायिक प्यान लिनेको सङ्ख्या घटेको छ । गत आवको माघसम्म ७० हजार ६४८ ले व्यावसायिक प्यान लिएका थिए भने चालू आवको सोही अवधिमा ६८ हजार ४८५ ले लिएका छन् । त्यस्तै चालू आवको ७ महिनामा करकट्टी गर्ने निकायले लिएको प्यान १ हजार ५१६ पुगेको छ । गत आवमा यस्तो प्यान ३ हजार ३७१ ले लिएका थिए ।
यसैगरी मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत प्यान लिनेको सङ्ख्या पनि घटेको छ । गत आवको माघसम्ममा मूल्य अभिवृद्धि करतर्फ १६ हजार ३६ र अन्तःशुल्कतर्फ ६ हजार ३१४ प्यान जारी भएको थियो भने चालू आवको सोही अवधिमा यस्तो करदाताको सङ्ख्या क्रमशः १४ हजार २९९ र ५ हजार ७६४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस