सुनको मूल्यमा निरन्तर वृद्धि, तोलामा ३ सय रुपैयाँ बढ्यो

अनलाइनसमय |
२२ फागुन २०८१
सुनको मूल्यमा निरन्तर वृद्धि, तोलामा ३ सय रुपैयाँ बढ्यो

काठमाडौं, २२ फागुन । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । लगातार तीन दिनदेखि बढिरहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस