काठमाडौं, १२ फागुन । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।