नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

अनलाइनसमय |
११ फागुन २०८१
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

काठमाडौं, ११ फागुन । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भइसकेको छ ।

यसरी बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

यो शेयरमा सर्वसाधरणले फागुन १५ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । आवेदकले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस