casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालीको श्रम गन्तव्य बन्दै युरोप, तीन वर्षमा ५५ प्रतिशतले बढे

अनलाइनसमय |
११ माघ २०८१
नेपालीको श्रम गन्तव्य बन्दै युरोप, तीन वर्षमा ५५ प्रतिशतले बढे

सुनिता सुवेदी,

काठमाडौं, ११ माघ । अहिले कक्षा १२ होस् वा स्नातक अध्ययन गरिरहेका विद्यार्थी, पढाइपछि के गर्ने भनेर सोध्दा उनीहरुको मुखमा आउँछ, विदेश । नेपालबाट युवा विदेशिनुको प्रमुख उद्देश्य शिक्षा र रोजगारी हो । देशमा रोजगारीका अवसरको कमी, उच्च तलबको आकर्षण र सुरक्षित भविष्यको आशाले युवाहरूको रोजाइमा वैदेशिक रोजगारी रहेको छ । तर अहिले वैदेशिक रोजगारीमा पनि परम्परागत गन्तव्य क्रमभंग हुन थालेको छ । विगतमा मलेसिया र खाडी मुलुक नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य हुने गरेकोमा पछिल्ला ३–४ वर्षयता युरोपेली मुलुकमा रोजगारीको आकर्षण बढेको छ । सरकारी निकायको श्रम स्वीकृतिको तथ्यांकले पनि ती गन्तव्यमा नेपाली जाने क्रम बढेको देखाएको छ ।

हाल १०० भन्दा बढी देशमा नेपालीहरु कामका लागि जाने गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ३४ हजार ७१६ जनाले श्रम स्वीकृति लिएर युरोप (प्रमुख मुलुक)मा गएका छन्, जुन आव २०७९/८० को पुससम्मको तुलनामा ५५ दशमलव ३० प्रतिशतले बढी हो । यस वर्षको सोही अवधिमा रोजगारीका लागि युरोप जान २२ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए । पछिल्लो वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर २३ हजार ६०४ पुगेको थियो । यस वर्ष भने युरोपका मुलुकमा जाने श्रमिकको सङ्ख्या उल्लेखनीय बढेको हो ।

श्रम तथा आप्रवासन विज्ञ एवं अधिवक्ता सोम लुइँटेल पछिल्लो समय युरोपका कम्पनीबारे जानकारी बढ्दै जानु, श्रमिकको सम्ममान, त्यहाँको रोजगारीको अवसर, नयाँ गन्तव्यको खोजी तथा उच्च तलबको आशाले वैदेशिक रोजगारीको आकर्षण युरोपतिर भएको बताउँछन् । ‘पहिले वैदेशिक रोजगारको बारेमा कामदारलाई कहाँ के हुन्छ भने थाहा थिएन । अहिले त्यसको जानकारी अभिवृद्धि भइरहेको छ । युरोपका गन्तव्य, त्यहाँका कम्पनी, उपलब्ध रोजगारी अवसरको बारेमा सूचना भइरहेको छ,’ उनले भने, ‘खाडीमा गएर अनुभव लिइसकेका नेपाली श्रमिकहरुले पनि राम्रो अवसर तथा नयाँ गन्तव्यको खोजी गर्न थालेका छन् । युरोपमा मानव अधिकारको प्रत्याभूतिले श्रमिकलाई सम्मान गर्ने र तलबको स्केल राम्रो भएकाले नेपालीहरु युरोपतिर सिफ्ट हुन थालेका छन् ।’

रोजगारीका लागि युरोपका मुलुकमध्ये नेपालीको आकर्षण सबैभन्दा बढी रोमानियामा देखिएको छ । विभागका अनुसार चालू आवको पुससम्ममा रोमानियाका लागि १३ हजार ४९१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन आव २०७९/८० को सोही अवधिको तुलनामा ८५ दशमलव ८२ प्रतिशतले बढी हो । यस वर्षको ६ महिनासम्ममा रोजगारीका लागि रोमानिया जान ७ हजार २६० जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । यसको पछिल्लो वर्ष त्यहाँ जाने श्रमिकको सङ्ख्या ३९ दशमलव ९० प्रतिशतले घटेर ४ हजार ३६३ मा सीमित भएको थियो ।

रोजगारको लागि रोमानियापछि नेपालीको आकर्षण क्रोएसियामा देखिएको छ । चालू आवको पुससम्ममा क्रोएसियाका लागि ६ हजार ५७० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साइप्रसको लागि ३ हजार ५५१, मौरिससको लागि ३ हजार ३०५ र माल्टाको लागि १ हजार ८७७ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

युरोपका कुन देशमा कति गए ?

स्रोत: वैदेशिक रोजगार विभाग

विगतका वर्षहरुमा खाडी मुलुक जाने कामदारको सङ्ख्या धेरै हुन्थ्यो, यस्तोमा अर्धदक्षहरु बढी हुन्थे । पछिल्लो समय सरकारले विभिन्न माध्यमबाट सञ्चालन गरिरहेका तालिम तथा शैक्षिक कार्यक्रमले दक्ष जनशक्तिहरु उत्पादन भइरहेका छन्, तर उनीहरु पनि रोजगारीको अवसर तथा तलबको आकर्षणले विदेश नै रोज्ने गर्छन् । अधिवक्ता लुइँटेलले युरोपमा दक्ष जनशक्तिको माग बढी हुनुले पनि उनीहरू खाडी मुलुकमा भन्दा युरोपतिर मोडिएको बताए । उनले भने, ‘वैदेशिक रोजगारमा गइसकेपछि कामदार वा उसको परिवारले दक्ष भएर जान सकियो भने राम्रो आम्दानी हुने रहेछ भन्ने बुझे । अहिले साना–साना स्केलमा भए पनि सरकार तथा विभिन्न निकायबाट कामदारलाई सिप प्रदान गर्ने तालिमहरु सञ्चालन भए । अझै पनि सिप नभएकाकै सङ्ख्या ठूलो छ । तर विगतको तुलनामा सिप बढ्दै गएकाले दक्ष भएकाहरु उतै जान थाले ।’

देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको महत्वपूर्ण भूमिका हुन्छ । उनीहरुले नै विदेशमा काम गरेर कमाएको पैसा नेपाल पठाउँछन् । पछिल्लो समय रोजगारीको लागि युरोपमा जानेको सङ्ख्या बढ्दै जानु र त्यहाँ श्रमिकले पाउने तलब पनि बढी हुने हुँदा उनिहरुले स्वदेश पठाउने रेमिट्यान्स पनि बढी नै हुन्छ ।

अधिवक्ता लुइँटेलले भने, ‘रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति कायम गर्छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै वैदेशिक व्यापारलाई सन्तुलनमा राख्छ । यस्तो रोजगारीले परिवारको आयअर्जन पनि राम्रो भएको छ । त्यसले बजार चलायमान भएका छन् ।’ रेमिट्यान्सको कुल गार्हस्थ्य उत्पादनमा ठूलो प्रतिस्पर्धा भएकोले देशको समग्र अर्थतन्त्र सन्तुलित बनाउन योगदान पुगेको उनको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun