काठमाडौं, २८ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुष २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई (३ करोड २० लाख ७१ हजार ५ सय ९५) १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।