• विश्व

    अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने प्रावधान हटाउने ट्रम्पको घोषणा

     60 Views
    अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने प्रावधान हटाउने ट्रम्पको घोषणा

    काठमाडौं, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा गरेका छन् ।

    राष्ट्रपति निर्वाचित भएपछि पहिलो टेलिभिजन अन्तर्वार्ता दिने क्रममा उनले एनबीसी न्युज च्यालनसँग यस्तो भनेका हुन् ।

    अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।

    अन्तर्वार्तामा उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने पनि बताएका छन् ।

    बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् ।

    ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूलाई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहो¥याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।

    उनले आफ्नो कार्यकालको पहिलो दिन नै सन् २०२१ को यूएस क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूलाई माफी दिने बताएका छन् ।

    यसमा तपाइको मत

    Facebook Comment