हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बुक क्लोज कहिले ?

अनलाइनसमय |
२४ मंसिर २०८१
हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं, २४ मंसिर । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको २४औं सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । जसअनुसार १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ ।

पुस १८ गतेसम्म कायम शेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन सक्नेछन् । यसअघि कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस