भुटानका राजा नरेश काठमाडौंमा

अनलाइनसमय |
२१ मंसिर २०८१
भुटानका राजा नरेश काठमाडौंमा

काठमाडौं, २१ मंसिर । भुटानका राजा नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले भुटान फर्किने क्रममा ट्रान्जिट भिजिटका रूपमा शुक्रबार बिहान काठमाडौंको आइपुगेका हुन् ।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक गरिएको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस