जनकपुरधाममा ३ दिनसम्म मदिरा र मासु बिक्री वितरणमा रोक

अनलाइनसमय |
१९ मंसिर २०८१
जनकपुरधाममा ३ दिनसम्म मदिरा र मासु बिक्री वितरणमा रोक

काठमाडौं, १९ मंसिर । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपंक्षी मारकाट, माछा मासु बिक्री वितरण, उत्पादन लगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’

जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस