• ताजा समाचार, देश

    नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

     64 Views
    नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

    काठमाडौं, १९ मंसिर । नेपाल र चीन सरकारबीच बेल्ट एवं रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका हुन् ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भए पनि बीआरआईमा हुन सकेको थिएन ।

    तर, नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो ।

    उक्त फ्रेमवर्कमा सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित परियोजनाहरु छन् ।

    यसमा तपाइको मत

    Facebook Comment