चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध

अनलाइनसमय |
१९ मंसिर २०८१
चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।

चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।

उनले सम्बोधनमा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’

नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए । उनल नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको बताएको उनको सचिवालयले जनाएको छ ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बेइजिङ पुगेका थिए । ओली नेतृत्वको टिम बिहीबार नेपाल फर्किनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस