• राजनीति

    उपनिर्वाचन अपडेट : १ बजेसम्म ४५ प्रतिशत मतदान

     52 Views
    उपनिर्वाचन अपडेट : १ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं, १६ मंसिर । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

    हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेका आयोगले जनाएको छ ।

    नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

    निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    यसअघि ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश ः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

    यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी ४१ पदका लागि मतदान हुन लागेको हो ।

    यसमा तपाइको मत

    Facebook Comment