काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले यहीं मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ ।
मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए÷नभएकोबारे अनुगमनका लागि आयोगले दुई ठाउँमा छुट्टाछुट्टै अनुगमन टोली परिचालन गरेको आयोगले जनाएको छ ।
काठमाडौं–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिइएका छन् । त्यस्तै कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने छन् ।