गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ निष्कासन गर्ने

अनलाइनसमय |
११ मंसिर २०८१
गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न स्वीकृति पाएको थियो, जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपैयाँ बराबरको ६७ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र ५ प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयर तथा अधिकतममा १ लाख कित्तासम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको बाँकी रहेमा सर्वसाधारणका लागि विक्री खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासनन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस