काठमडौं, ९ मंसिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष रस्वास्थ्यको कारण देखाउँदै राजीनामा पेस गरेका थिए ।
सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।