दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वाेच्चको आदेश

अनलाइनसमय |
९ मंसिर २०८१
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउने आदेश गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको हो । इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।

सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस