तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

अनलाइनसमय |
४ मंसिर २०८१
तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौं, ४ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको असोजसम्मको तुलनामा ११.५ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा २५ दशमलव ८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

चालू आवको तीन महिनामा वैदेशिक रोजगारीका लागि १ लाख १० हजार ६५४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।

समिक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस