काठमाडौं, ३ मंसिर । निरन्तर घटिरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । गत हप्ताको आइतबारदेखि नै घटिरहेको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर१ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुन तोलामा १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।