• शेयर मार्केट

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

     71 Views
    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं, २१ कार्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो ।

    यो शेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

    संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    बैंकले शेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment