बाढी पहिरोमा परी १०४ जनाको मृत्यु, ६४ बेपत्ता

अनलाइनसमय |
१३ असोज २०८१
बाढी पहिरोमा परी १०४ जनाको मृत्यु, ६४ बेपत्ता

काठमाडौं, १३ असोज । बाढीपहिरो र डुबानमा परी हालसम्म १०४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै विषद्मा परि ६४ जना बेपत्ता भएका छन् भने ७३ जना घाइते भएका छन् ।

प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस